१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण २४ बुधबार १२:१४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लैंगिक समानताका लागि कानुनको पूर्ण पालना आवश्यक : प्रमुख शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार १२:१४:oo

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधान तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनले महिलाको हक–अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै यसको परिपालना गर्न सबैलाई आग्रह गरेका छन् । उनले लैंगिक विकास र सशक्तीकरणका विविध आयाममध्ये आर्थिक, सामाजिक, राजनीतिक तथा संस्थागत सशक्तीकरणमा जोड दिँदै नारीका विरुद्धमा हुने सामाजिक विभेद र हिंसा अन्त्य गर्नुपर्ने बताएका छन् ।

प्रदेश प्रमुख शर्माले यसका लागि समाजका सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्ने बताएका छन् । ‘पितृसत्तात्मक सोचलाई परास्त गर्दै नारीलाई रोजगारीमा अवसर, न्यायमा सहज पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न हामी सबैलाई यो दिवसले प्रेरित गरोस्,’ प्रमुखको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

उनले आफ्नो शुभकामना सन्देशमा शिक्षा, स्वास्थ्य, सामाजिकीकरणजस्ता महिला सशक्तीकरणमा दरिलो पाइला अगाडि बढाउन सबै क्षेत्रका नारी–पुरुषहरूले हातेमालो गर्दै अघि बढ्नु नितान्त आवश्यक रहेको पनि औँल्याएका छन् । नारीलाई पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न यो दिवसले प्रेरित गरोस् भन्ने कामना पनि प्रदेश प्रमुख शर्माले गरेका छन् ।