१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ फाल्गुण २४ बुधबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली हात्तीको आक्रमणबाट वनभोज गएका एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २४ बुधबार १०:१९:००

सिराहाको गोलबजार नगरपालिका– ३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरूसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार जंगली हात्तीको आक्रमणमा गोलबजार नगरपालिका– ३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदाको मृत्यु भएको हो । 

खानेकुरा पकाएर खाने क्रममा मंगलबार  अपराह्न करिब ४ बजेतिर उत्तरतिरबाट आएको दुईवटा हात्तीको समूहले आक्रमण गरेपछि सदाको घटनास्थलमै मृत्यु भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । 

प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार हात्ती देखेपछि अन्य भाग्न भ्याए पनि सदा भाग्न नभ्याउँदा आक्रमणमा परी मृत्यु भएको हो । घटनास्थलबाट भागेका युवाहरूले घटनाको जानकारी दिएलगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जंगलतिर लखेटेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सूर्य ढकालको कमान्डमा १२ जना प्रहरीको संयुक्त टोलीले एम्बुलेन्समा राति करिब साढे १० बजेतिर शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल ल्याएको छ । 

मंगलबार अपराह्न हात्तीको आक्रमणमा युवकको मृत्यु भएलगत्तै राति पुनः हात्तीको आक्रमणमा स्थानीय मुनिलाल घिसिङको घरमा क्षति पुगेको गोलबजार– ३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले बताए । वडाध्यक्ष मोक्तानका अनुसार उनको घरमा भएको क्षतिको विषयमा बुधबार बिहान प्रहरीसमेतको सहयोगमा स्थलगत अनुगमन गरिँदै छ ।