मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २४ बुधबार ०८:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कालीगण्डकी प्रसारण लाइन निर्माणमा तीन वर्षदेखि अवरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २४ बुधबार ०८:३६:००

कालीगण्डकी करिडोर दुई सय २० केभी प्रसारण लाइन निर्माणमा पर्वतको फलेवासमा स्थानीयको अवरोधका कारण चारवटा टावर निर्माण हुन सकेका छैनन् । तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै उनीहरूले निर्माणमा अवरोध गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि प्रसारण लाइन महत्वपूर्ण रहेकाले अवरोध नगरिदिन आग्रह गरेका छन् । प्रसारण लाइनको टावर सार्न सम्भव भए–नभएको विषयमा प्राविधिक टोलीले चार–पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । 

आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाबाट पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटसम्मको ३९.६ किलोमिटर पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा छ । खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३, भूमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी रहेको छ ।