१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Tuesday, 18 June, 2024
मञ्जु टेलर काठमाडौं
२o७९ फाल्गुण २४ बुधबार o७:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

४३ देशमा हैजा महामारीको जोखिम : डब्लुएचओ

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार o७:५७:oo

जलवायु परिवर्तन, भूकम्प, युद्धका कारण सुरक्षित पानी र सरसफाइमा पहुँचको अभावसँगै झाडापखालाको जोखिम बढ्दो

विश्व स्वास्थ्य संगठनले ४३ वटा देशमा हैजा महामारीको जोखिम रहेको जनाएको छ । हाल विश्वका २२ देश हैजाबाट प्रभावित भइरहेको उल्लेख गर्दै डब्लुएचओले झन्डै एक अर्ब जनसंख्यामा झाडापखालाको जोखिम रहेको जनाएको हो । 

विभिन्न देशमा फैलिइरहेको झाडापखाला दूषित खानेपानीका कारण तीव्र फैलिइरहेको उसको भनाइ छ । डब्लुएचओको झाडापखालामा गरिरहेको ग्लोबल ओभरभ्युले पछिल्ला वर्षहरूको तुलनामा सन् २०२२ यता विश्वभर नै हैजाबाट ठूलो संख्यामा प्रभावित भइरहेको देखाएको हो । अध्ययनले तीव्र रूपमा भइरहेको जलवायु परिवर्तन, भूकम्प, युद्ध आदिका कारण सुरक्षित पानी र सरसफाइमा पहुँचको अभावसँगै झाडापखालाको जोखिमको मुख्य कारण रहेको बताएको छ । 

हाल सिरिया, लेबनान, हाइटी, पाकिस्तान, भारत, फिलिपिन्सलगायतका देशमा हैजा महामारीको रूपमा फैलिइरहेको छ । दक्षिण अफ्रिकाका देशहरूसमेत उच्च जोखिममा रहेको र यसको मुख्य कारण जलवायु परिवर्तन र युद्ध रहेको डब्लुएचओले स्पष्ट पारेको छ 

हाल सिरिया, लेबनान, हाइटी, पाकिस्तान, भारत, फिलिपिन्सलगायतका देशमा हैजा महामारीको रूपमा फैलिइरहेको छ । दक्षिण अफ्रिकाका देशहरूसमेत उच्च जोखिममा रहेको र यसको मुख्य कारण जलवायु परिवर्तन र युद्ध रहेको डब्लुएचओले स्पष्ट पारेको छ । डब्लुएचओको हैजा आपत्कालीन प्रतिक्रिया एकाइका प्रमुख फिलिप बारबोजाले एकै समयमा ठूला प्रकोप पछिल्लो २० वर्षमा नदेखेको बताएका छन् । ‘हामीले हेरिरहेका अधिकांश ठूला प्रकोप सबै प्रमुख, असामान्य जलवायु घटनाद्वारा सञ्चालित छन् । हाल उच्च जोखिममा रहेका दक्षिणी अफ्रिकी देशहरूले लगातार भारी वर्षा र चक्रवातको सामना गरिरहेका छन्,’ उनले भनेका छन् । यसअघि नै डब्लुएचओले जलवायु परिवर्तनको प्रभावले हैजाको असरलाई ‘टर्बोचार्ज’ गरिरहेको बताउँदै आएको थियो । 

भ्याक्सिनको न्यून प्रयोग 
प्रत्येक वर्षजसो विश्वमा हैजाको प्रकोप फैलनुमा भ्याक्सिनको न्यून प्रयोग, औषधि र परीक्षण किटहरूको अभावलाई देखाइएको छ । अहिले झाडापखाला नियन्त्रणका लागि खोप आवश्यक रहे पनि विश्वभर जम्मा ३७ मिलियन खोप मात्रै उपलब्ध भएको र जुन अपर्याप्त रहेको डब्लुएचओले जनाएको हो । बढ्दो हैजाको प्रकोप नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले पहिलोपटक दाताहरूलाई २५ मिलियन डलर कोष सहयोग गर्न अपिल गरेको छ ।

सन् २०३० सम्ममा विश्वव्यापी रूपमा नियन्त्रणमा ल्याउने लक्ष्य राखेको हैजा महामारी हाल जनस्वास्थ्यका लागि विश्वव्यापी खतरा रहेको डब्लुएचओको भनाइ छ । २०१७ मा विश्वव्यापी हैजा नियन्त्रण रणनीतिले एक दशकमा ९० प्रतिशत हैजा नियन्त्रणमा ल्याउने लक्ष्य राखेको थियो । कोभिड महामारी सुरु हुनुभन्दा पहिले नियन्त्रणमा रहेको हैजा पछिल्ला दुई वर्षमा अत्यधिक बढेपछि नियन्त्रणमा चुनौती देखिएको जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गर्दै आएका छन् । अनुसन्धानकर्ताहरूले हाल विश्वभर प्रत्येक वर्ष १३ लाखदेखि ४० मिलियन जनसंख्या हैजाबाट प्रभावित भइरहेको र २१ हजारदेखि एक लाख ४३ हजारको मृत्यु भइरहेको अनुमान गरेका छन् । 

चिकित्सकहरू भन्छन्– नेपालमा हैजाको कारणबारे पर्याप्त अध्ययन नै छैन
नेपालमा पनि बारम्बार झाडापखालाको प्रकोप फैलिने भए पनि यसको कारणबारे पर्याप्त अध्ययन हुन नसकेको भाइरोलोजिस्ट डा. बाबुराम मरासिनी बताउँछन् । उनका अनुसार पछिल्लो समय जलवायु परिवर्तनले निम्त्याएका सुक्खापन, अतिवृष्टि, बाढीपहिरोलाई कारण मानिए पनि नेपालमा यसबारे पर्याप्त अध्ययन नै हुँदैन । ‘०६६ मा जाजरकोट, रोल्पा, सुर्खेत, दैलेख, सल्यानका लगभग १२० गाविसमा झाडापखाला फैलिएको थियो, जुन इतिहासको सबैभन्दा डरलाग्दो थियो । त्यो वर्ष मध्यपश्चिममा वर्षा नहुँदा सुक्खापन थियो, अन्तर्राष्ट्रिय केही अध्ययनले सुक्खापनलाई प्रमुख कारण देखाए, तर हामीकहाँ अध्ययन भएन । त्यसपछि बाँकेको नेपालगन्ज, रौतहटको गैँडाटार र कपिलवस्तुमा ठूला प्रकोप फैलिइसकेका छन् । यसको कारणबारे गहिरो अध्ययन भने हुनसकेको छैन,’ उनले भने ।

शुद्ध र स्वच्छ खानेपानीको अभाव, व्यक्तिगत सरसफाइको कमीका कारण नेपालमा हैजा फैलिने गरेको छ । सरसफाइको सचेतना नेपालीमा अझै पनि न्यून रहेकाले अन्य प्रकोपको समयमा हैजाको जोखिम हुने गरेको चिकित्सकहरूको भनाइ छ । ‘सफा हात, सफा पानी र सफा खानेकुराजस्ता तीनवटा कुरामा ध्यान दिनसकेमा झाडापखाला सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ । तर, काठमाडौंमै समेत हात धुने बानी हराउँदै गएको छ । विशेष गरी सहरी क्षेत्रमा बासी खानेकुरा (फ्रिजमा अव्यस्थित खानेकुरा स्टोर) खाने ट्रेन्डका कारण झाडापखालाको जोखिम बढ्दो छ,’ मरासिनीले भने । गत असोजमा कपिलवस्तुमा झाडापखाला ‘आउटब्रेक’ हुँदा आठ सय ८५ जना प्रभावित भएका थिए । चारजनाको ज्यान गएको थियो । यसबाहेक हालसम्मकै सबैभन्दा धेरै हैजाको प्रकोप ०६६ मा फैलिएको थियो । इडिसिडीको तथ्यांकअनुसार जाजरकोट, रोल्पा, सुर्खेत, दैलेख, सल्यानमा फैलिएको हैजाबाट ६० हजारभन्दा बढी बिरामी भएका थिए । साढे तीन सयभन्दा बढीको मृत्यु भएको थियो । 

ad
ad
ad
ad