१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मध्यमर्स्याङ्दी मर्मतका लागि तीन साता बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:o१:oo

लमजुङको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट तीन साताका लागि विद्युत् उत्पादन बन्द भएको छ । नियमित मर्मतका लागि अर्थात् चैत ७ गतेसम्मका लागि विद्युत् उत्पादन बन्द गरिएको हो । 

नियमित मर्मत–सम्भार भनिए पनि यसको बायाँ भित्तामा समस्या देखिएकाले विद्युत् उत्पादन बन्द गरेर मर्मत थालिएको हो । गत वर्ष नै मर्मत गर्नुपर्ने भनिए पनि अन्य आयोजनामा बाढीपहिरोको समस्याका कारण यसको मर्मत समय एक वर्षपछि धकेलिएको केन्द्रले जनाएको छ । जलविद्युत् केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार आयोजना मर्मतका लागि विद्युत् उत्पादन बन्द गरेर बाँधका तीनवटै ढोका खोलेर पानीसहितको बालुवा बगाउने काम गरिएको छ । 

दुई वर्षअघिको १ असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्र बायाँतर्फ बेँसीसहर–११ अन्तर्गत किनारमा लगाइएका ग्याबिन जालीमा क्षति पुर्‍याएको थियो । सोही ग्याबिन मर्मत तथा अन्य संरचनामा स्तरोन्नति गर्न तीन साता समय निर्धारण गरिएको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि दुई महिनाभन्दा बढी समय लाग्ने भए पनि राष्ट्रव्यापी विद्युत् अभावका कारण तीन हप्तामा काम सक्ने गरी तयारी गरिएको केन्द्र प्रमुख बस्नेतको भनाइ छ ।

संरचना निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा केसी अधिकारी जेभीले संरचना मर्मत गर्न लागेको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि ११ करोड ३३ लाख रुपैयाँमा सम्झौता भएको छ । ३५–३५ मेगावाटका दुईवटा टर्बाइन रहेको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको युनिट १ भने गत वर्ष नै मर्मत गरिएको थियो ।

७० मेगावाट क्षमताको सो आयोजनाबाट हिउँदको समयमा पानीको वहाब कम भएसँगै हाल दैनिक ३० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । विद्युत् उत्पादन बन्द भए पनि जिल्लामा विद्युत् आपूर्ति भने नियमित भइरहने केन्द्रले जनाएको छ ।

ad
ad