
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र माछापुच्छ्रे बैंकबीच बैंकको ‘रेमिट्याप वालेट’मा स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा एससिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन् । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने दुवै कम्पनीको अपेक्षा छ ।
सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्यापमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् । इएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्स्याेट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो मानिन्छ ।