१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
रासस कञ्चनपुर
Invalid date format १३:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलौरीमा दुर्लभ प्रजातिको सर्प फेला

Read Time : < 1 मिनेट
रासस, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ। सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो।

करेतजस्तै देखिने दुर्लभ प्रजातिको यो सर्प पहिलोपटक देखिएको यादवले बताए। ‘मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ,’ उनले भने, ‘यस प्रजातिको सर्प पहिलोपटक देखेको हुँ।’ यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ।

सेतो रंगको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढिरहेको छ। सर्प विषालु प्रजातिको भने होइन। फेला परेको सर्पले मुसा, किरा फट्यांग्रा, भ्यागुतालगायतलाई आहारका रूपमा खाने गरेको छ।  
 
स्थानीयवासीको घरनजिकै फेला परेको सर्पको उद्धार गरी सिमताल सामुदायिक वन क्षेत्रमा सकुशल रूपमा छाडिएको सबडिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिए।

सर्पविज्ञहरूका अनुसार यस्तो प्रजातिको सर्प रातिका वेला आहारका लागि बढी सक्रिय हुने गरेको छ। यस्तो सर्प दिउँसो रुखको टोड्का र दुलोमा बस्ने गर्दछ। यस प्रजातिका सर्प नेपालसहित भारत, बंगलादेश, चीन, इन्डोनेसिया, मलेसियालगायत दशभन्दा बढी देशमा पाइने गरेका छन्।