मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०७९ फाल्गुण १९ शुक्रबार १३:१३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ग्रिक रेल दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ५७ पुग्यो

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १९ शुक्रबार १३:१३:००

मध्यग्रिकमा गत मंगलबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ। ग्रिकमा दुई रेल एक–आपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको संख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरूले जानकारी दिएका हुन्।

उनीहरूले सो दुर्घटनाका घाइतेहरूमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए। उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो।

ती घाइते भएकाहरूमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको संख्या ५७ पुगेको अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन्।

बिहीबार पनि सो दुर्घटनाबारे जानकारी दिइएको थियो। त्यस क्रममा ग्रिकको अग्नि नियन्त्रक सेवाका अधिकारीले पत्रकार सम्मेलनमा यहाँको अग्नि नियन्त्रक सेवाका युनिटहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्य गरेको जानकारी दिए।  

मध्यग्रिकको टेम्पी नगरपालिकामा मंगलबार मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेल ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो।

यहाँको रेल सेवाका अधिकारीले दिएको जानकारीअनुसार उक्त यात्रुवाहक रेलमा तीन सय ४६ जना यात्रु सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रिक प्रहरीले जनाएको छ।

ग्रिक प्रहरीका प्रवक्ताले अझै पनि सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा छन्। ती घाइतेमध्ये ६ जना गम्भीर अवस्थामा रहेका र उनीहरूको आइसियूमा उपचार भइरहेको छ। अग्नि नियन्त्रक सेवाले शुक्रबारसम्ममा घाइतेको खोजी र सम्पूर्ण उद्धारको काम सक्ने अनुमान गरिएको छ।