
एकीकृत समाजवादीले स्ववियु निर्वाचन संयोजन, परिचालन र सहयोगका लागि विभिन्न तीन समिति गठन गरेको छ ।
संयोजन तथा वार्ताका लागि सचिवालय सदस्य घनश्याम भुसालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार समिति सदस्यहरूमा उपमहासचिवहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र जगन्नाथ खतिवडा, सचिवहरू राजेन्द्र राई र रामकुमारी झाँक्री, पोलिटब्युरो सदस्यहरू रामकुमार भट्टराई र दिलु पन्त तथा केन्द्रीय सदस्यहरू लक्ष्मण केसी र मोहन गौतम छन् ।
यस्तै, पोलिटब्युरो सदस्य एवं विद्यार्थी फाँट इन्चार्ज रामकुमार भट्टराईको संयोजकत्वमा ६३ सदस्यीय निर्वाचन परिचालन समित गठन गरिएको छ । निर्वाचन परिचालन समितिमा पोलिटब्युरो सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, पूर्वविद्यार्थी नेताहरू र जनवर्गीय संगठनका पदाधिकारीलाई समेटिएको छ ।
यस्तै, पीताम्बर तिमल्सिनाको संयोजकत्वमा एक हजार एक सदस्यीय स्वयंसेवक परिचालन समिति पनि गठन गरिएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । समितिको सहसंयोजकमा भीम राई, नितेश पौडेल र सञ्जु सिंह छन् ।