मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार १४:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनमतलाई उपप्रधानमन्त्री दिने सहमति भएको छ : अब्दुल खान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार १४:१३:००

जनमत पार्टीका सांसद एवं खानेपानीमन्त्री अब्दुल खानले पार्टीले उपप्रधानसहित दुईवटा मन्त्रालय पाउने सहमति भएको बताएका छन् ।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेका आठ दलका सांसदका लागि आयाेजित प्रशिक्षण कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् । ‘उपप्रधानमन्त्रीसहित दुईवटा मन्त्रालय पाउँछ । कुन–कुन भन्ने विषयमा बैठक भएको छैन । बैठकपछि निर्णय आउँछ,’ उनले भने ।

यसअघि सहमतिअनुसारको मन्त्रालय नपाएको विषयमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खानले थपे, ‘गठबन्धनमा सहमति भइसकेको छ । झुक्याउनुहुन्न । उहाँहरू अहिले इमानदारीको राजनीतिमा आउनुभएको छ ।’ 

यसअघि एमालेसहितको गठबन्धनको सरकारमा उद्योग मन्त्रालय नदिइएको भन्दै जनमत पार्टी लामो समयसम्म सरकारमा गएको थिएन । उपप्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष सिके राउत पनि मन्त्री बन्ने सम्भावना रहेको उनको भनाइ छ ।