मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ फाल्गुण १८ बिहीबार ११:४३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिपिडब्लु लघुवित्तको आइपिओ खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ फाल्गुण १८ बिहीबार ११:४३:००

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित सेयरमा सर्वसाधारण लगानीकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।  

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवर्द्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एन पी आइआर बिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।