
हात्तीको आक्रमणबाट बारामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टागियाबस्तीका ४५ वर्षीय गापाङ दर्लामीमगर छन् ।
जितपुरसिमरा– १६ टागियाबस्ती गुम्बानजिकै जंगली हात्तीको आक्रमणबाट दर्लामीको घटनास्थलमै मृत्यु भएको हो । हात्तीको बथानबाट छुट्टिएर हिँडेको एक्लो हात्तीले पटक–पटक आक्रमण गर्दै आइरहेको छ ।
घरनजिकैको जंगलमा गाईवस्तुका लागि सोत्तर पतकर लिन गएका वेला दर्लामी आक्रमणमा परेको निजगढ इलाका प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए ।
बारामा केही दिनअघि मात्र जितपुरसिमरा उपमहानगरपालिका २१ अम्मेखगन्जकी ५१ वर्षीया रुकैदा खातुनको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।