१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १७ बुधबार ०८:३८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सरकारबाट बाहिरिने अवस्था छैन : सिके राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १७ बुधबार ०८:३८:००

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकार नछाड्ने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए । माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकाले सरकार बदलिएको भन्न नमिल्ने उनको भनाइ छ ।

‘अरू पार्टीहरू त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएका हुन् । जनमत पार्टीका लागि त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन,’ उनले भने, ‘योभन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । हामी त्यही भएर सरकारमा यथावत छौँ ।’ अध्यक्ष राउतले नागरिकता विधेयक, बन्दीको रिहाइ र किसान आन्दोलनलगायतका आफ्नो पार्टीले उठाएको एजेन्डा सम्बोधन हुने अवस्था नआए मात्र सरकारलाई गरेको समर्थन फिर्ता हुन सक्ने प्रस्ट पारे ।