१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैठक छोडेर सांसदहरू बाहिरिने गरेकोमा उपसभामुख रानाको असन्तुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरू प्रतिनिधिसभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले प्रतिनिधिसभा सांसदविहिन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र ‘प्रेसर’ पनि बढेको बताइन्। सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भन्ने उनको प्रश्न छ। 

‘तपाईंहरू लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधिसभामा कोही बेला खाली खाली सिट हुन्छ। मलाई दुःख लाग्छ। घरिघरि त धैर्य लिँदालिँदा पनि इरिटेड हुन्छ। मलाई त प्रेसर पनि आइसक्यो। अस्तिसम्म त प्रेसर पनि थिएन,’ रानाले भनिन्।

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने प्रतिबद्धता जनाइन्। आफू उपसभामुखको रूपमा काठमाडौंमा मात्र नबसी जनताका कुराहरू सुन्न जिल्ला–जिल्लामा पुग्ने उनको भनाइ छ।