१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार १३:३१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘नेपाल सन् २०२६ सम्म जलविद्युतमा आत्मनिर्भर बन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार १३:३१:००

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको ‘नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी’ विषयक कार्यक्रममा निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खायाममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने उनको भनाइ छ । जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट विद्युत् बढी हुने घिसिङले बताए ।

‘ऊर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावाट जलविद्युत् उत्पादनका लागि पिपिएका लागि पाइपलाइनमा रहेका छन् । करिब सात हजार मेगावटको पिपिए भइसकेको छ । यसमा आठ सय मेगावट विद्युत् उत्पादन भएर आइसकेको छ । पाँच हजारको हाराहारीमा पिपिए भएर वित्तीय लगानी भएर अगाडि बढेका र तीन हजारजति वित्तीय लगानीका लागि प्रतीक्षामा रहेका छन्,’ उनले भने ।

निर्देशक घिसिङले जलविद्युत् उत्पादनका लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको जानकारी दिए । एक्जिम बैंकबाट सात सय मिलियन, जाइकाबाट एक सय ४० मिलियन तथा विश्व बैंक र एडिबीबाट दुई मिलियन लगानी प्रतिबद्धता आएको उनले उल्लेख गरे ।