१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बैंकमा किर्ते जग्गा धितो राखेर पौने तीन करोड ऋण दिएको विषयमा अनुसन्धान सुरु

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

राजविराजको एनआइसी एसिया बैंक शाखामा किर्ते जग्गा धितो राखेर पौने तीन करोड रुपैयाँ ऋण दिएको ‘स्क्याम’को विषयमा सप्तरी प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

नक्कली धितो जग्गा र सो जग्गाका जग्गाधनी खडा गरी दुई करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेको नयाँ पत्रिकालाई प्राप्त जग्गा रोक्का विवरणमा उल्लेख रहेको छ। सो धितोको जग्गाधनी राजविराज नगरपालिका– ९ (तत्कालीन मलेठ गाविस वडा– ७) की वसिरन खातुनलाई बनाइएको छ। 

उनको नाममा किर्ते गरी प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को १० कट्ठा ५ धुर जग्गाको जग्गाधनी प्रमाणपत्र बनाएर एनआइसी एसिया बैंक राजविराजले गत आइतबार (माघ २) गते रोक्का नम्बर १५१२०९८०एनएल०००२२९०मा जग्गा रोक्का गरेको छ।

स्राेतका अनुसार शाखाका प्रबन्धक यादव र व्यवसायी मो‍‍. समसाद खानले किर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाई सोही जग्गा बैंकमा धितो राखेका हुन् भने खातुनकै बुहारी एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालकसमेत रहेकी राजविराज नगरपालिका– ९ की आसमा खातुनलाई ऋण दिइएको छ।

माघ २९ गते प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको निर्देशनपछि भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते भएको विषयमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो भने फागुन ११ गते अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ को कार्यालयले पनि आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको छ। 

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले अनुसन्धान प्रक्रिया सुरु भइसकेको बताए। ‘मालपोतको पत्र हामीलाई प्राप्त भएसँगै अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने। 

गत माघ २५ गते नयाँ पत्रिकाले एनआईइसी एसिया बैंक राजविराज शाखाले नक्कली धितो जग्गामा पौने तीन करोड रुपैयाँ ऋण दिएको समाचार प्रकाशन गरेको थियो।