१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ब्राजिल बाढी : मृतकको संख्या ६५ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४९:oo

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यको तटीय क्षेत्रमा भारी वर्षापछि आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको स्थानीय अधिकारीले आइतबार बताएका छन्। मृत्यु हुनेमा १९ जना नाबालक रहेको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पीडितका लागि राहतलाई प्राथमिकता दिइएको छ । सेनाका जवान, अग्निनियन्त्रक, स्वयंसेवक र उद्धारकर्मीले अझै पनि मृतकको शव निकाल्न र हराइरहेकाहरूको खोजी कार्य जारी राखेका छन्। 

अधिकांश पीडित साओ सेबेस्टियाओको सामुद्रिक तट बारा डो साहीनजिकै सिएरा डी मार पर्वत शृंखलाको उच्च जोखिम भएको क्षेत्रहरूको गरिब बस्तीमा बस्थे। 

पछिल्लो पहिरोको कारण घरबार गुमाएका करिब दुई हजार चार सय ४० जनालाई सुरक्षित स्थानमा सारिएको छ। पहिरो र हावाहुरीका कारण बन्द भएका तटीय सडक आइतबारदेखि पुनः सञ्चालनमा आएका छन्। 

फेब्रुअरी १९ मा तटीय सहरहरू बर्टिओगा, कारागुआटाटुबा, ग्वारुजा, इल्हाबेला, साओ सेबेस्टियाओ र उबटुबामा करिब २४ घण्टामा अत्यधिक वर्षा भएको थियो। साओ सेबास्टियाओको सामुद्रिक तट, ब्राजिलको विशेष पर्यटन गन्तव्यहरूमध्ये एक हो। 

ब्राजिलको एकीकरण तथा क्षेत्रीय विकास मन्त्रालयको तथ्यांकअनुसार प्राकृतिक प्रकोपको जोखिममा रहेका १४ हजार क्षेत्रमा करिब ४० लाख ब्राजिलियाली बसोवास गर्छन्।