Skip This
सरकारको मुख्य प्राथमिकता सुशासन र विकास : प्रधानमन्त्री 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १५ सोमबार १४:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार १४:११:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन्। 

गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत् आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताएका हुन्। 

प्रधानमन्त्रीले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरूले स्थायित्व दिनेमा विश्वस्त तुल्याए। 

‘यो वर्ष चुनावी वर्षका रूपमा बित्यो। वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश र संघको अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ। यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ,’ उनले भने। 

जलविद्युत् आयोजनाको सफलताको कामना गर्दै उनले आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास व्यक्त गरे।