१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगामी आर्थिक वर्षसम्म पाँच लाखको स्वास्थ्य बिमा लागू गर्छाैँ : मन्त्री गिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२o:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलोपटक युगान्तकारी परिवर्तन गर्ने गरी काम सुरु गरेको बताएका छन्। 

सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताए। 

उनले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भए पनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू फर्किँदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताए। 

उनले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताए। मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तीमा पाँच लाखसम्मको स्वास्थ्य बिमा गर्ने तयारीअनुसार काम भइरहेको बताए। 

उनले अहिलेको स्वास्थ्य बिमाभित्र देशभरका मानिस समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आममानिस आउने गरी स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न लागेको बताए। 

मन्त्री गिरीले जस्तोसुकै दीर्घरोगीहरूको निःशुल्क उपचार गर्ने गरी स्वास्थ्य पूर्वाधार निर्माण हुन जरुरी रहेको बताए। मन्त्री गिरीले अस्पतालका सबै सेवा डिजिटलाइज प्रणालीमा लैजाने दाबी गरे। स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले पाँचजना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ।