१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख १९ बुधबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले-राप्रपा सहकार्य जारी रहने, प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:५४:oo

प्रदेश १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ। 

राष्ट्रपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार संघ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार राप्रपा संघीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश १ मा भने तत्काल राप्रपाले सरकार नछाड्ने भएको हो। 

राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताए। उनले भने, ‘प्रदेश १ को राजनीति विशिष्टिकृत छ, त्यसैले तत्काल सरकारबाट छाड्ने परिस्थिति बनेको छैन।’

आज बेलुका पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि उनले जानकारी दिए।  प्रदेश १ प्रदेश सभामा राप्रपाका ६ सदस्य छन्।

राप्रपाले नेकपा (एमाले) सँग सहकार्य जारी रहने बताएको छ। एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सदस्य छन्। कुल ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सदस्य चाहिन्छ।

ad
ad