Skip This
राष्ट्रपतिमा कांग्रेसकाे दाबी ‘स्वाभाविक’, माधव नेपालको व्यवस्थापन कसरी ? 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १२ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १२ शुक्रबार १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिमा कांग्रेसकाे दाबी ‘स्वाभाविक’, माधव नेपालको व्यवस्थापन कसरी ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १२ शुक्रबार १३:५६:oo

चारदलीय बैठकमा कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ। शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको छलफलमा कांग्रेसले राष्ट्रपतिमा अडान राखेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा ‘स्वाभाविक’ दाबी गरेको बताए। 

बैठकमा कांग्रेसबाहेकका दलहरूले पनि राष्ट्रपतिमा आफ्नो–आफ्नो दाबी गरेको बताए। राष्ट्रपतिका लागि प्रस्तावमा आएका नामहरूका बारेमा दलहरूले आफ्नो–आफ्नो पार्टीमा छलफल गरी पुनः ५ बजे बैठक बस्ने सहमति भएको छ।

महामन्त्री थापाले कांग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरूले पनि सहयोग गर्ने अपेक्षा राखेको बताए। एकीकृत समाजवादीलाई भित्र्याएर सबैभन्दा ठूलो पार्टी बन्ने दाउमा रहेको नेकपा एमालेले राष्ट्रपतिमा माधव नेपालको नाम अगाडि सारेको छ। 

यता एकीकृत समाजवादीले भने कुनै पार्टीले राष्ट्रपतिको प्रस्ताव नआएको बताए पनि राष्ट्रपतिको दौडमा एकीकृत समाजवादी प्रवेश गरेको छ। राष्ट्रपतिको दौडमा माधव नेपालको ‘इन्ट्री’ले डिलमै आएको राष्ट्रपति निर्वाचन थप पेचिलो बनेको छ। कांग्रेसले नेपाललाई एक वर्ष सरकारको नेतृत्व दिने प्रस्ताव गरेकाे छ। यसमा माओवादी केन्द्र र जसपाले पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन्। तर एकीकृत समाजवादीले भने कुनै प्रतिक्रिया दिएकाे छैन। 

उनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रपतिका लागि थुप्रै विकल्प भएको र त्यसमध्ये ‘बेस्ट अप्सन’मा जाने प्रतिक्रिया दिएका थिए। 

आजको बैठकमा पनि मुख्य रूपमा दुईवटा प्रस्तावमाथि छलफल भएको छ। कांग्रेसलाई राष्ट्रपति दिए माधव नेपालको व्यवस्थापन कसरी गर्ने ? डिलमा उभिएको सत्तागठबन्धन कायम रहने वा तत्कालीन गठबन्धन अस्तित्वमा आउने भन्ने कुरा आज साँझ बस्ने बैठकमा टुंगो लाग्नेछ। 

उपराष्ट्रपति जसपाले पाउने संकेत देखिएको छ। अहिलेसम्म यसमा विवाद देखिएको छैन।