१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स गाभिने प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५१:oo

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गरेको छुट्टाछुट्टै साधारणसभाले दुई कम्पनी एक–अर्कामा गाभिने (मर्जर) प्रस्ताव पारित गरेको छ । साधारणसभाले सगरमाथा र लुम्बिनीबीच १००: ८० स्वाप रेसियोमा गाभिने प्रस्ताव पारित गरेको हो । 

सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा बसेको साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीको १२ दशमलव ४० प्रतिशत बोनस सेयर र यसमा लाग्ने करबापत शून्य दशमलव ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको जनाइएको छ । यसका साथै कम्पनीको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरू पारित गरेको जनाइएको छ । 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औँ साधारणसभाले पनि सगरमाथा इन्स्योरेन्ससँग मर्जर हुने प्रस्ताव पारित गरेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजीको ६ दशमलव ९९ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको जनाइएको छ । त्यस्तै, विस्तृत लेखापरीक्षण(डिडिए)बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुवै कम्पनी मर्ज भएपछिको कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जरलगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको जनाइएको छ । 

मर्जर सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम एक सय कित्ताबराबर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम एक सय कित्ताबराबर ८० कित्ता सेयर कायम हुने गरी मर्जर प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ । मर्जरपछि कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड राखिने तय भएको छ ।

ad
ad