Skip This
ग्लोबल आइएमई र पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १२ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १२ शुक्रबार ११:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १२ शुक्रबार ११:१३:oo

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानतपत्र लिने–नवीकरण गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौता कार्यान्वयन गर्नका लागि तयार पारिएको समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार पेट्रोलियम ढुवानी व्यवसायी महासंघका सदस्यहरूले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कार्यका लागि अनिवार्य पर्फमेन्स बोन्डका लागि नेपालको भारतीय राजदूतावासका नाममा जारी गर्नुपर्ने बैंक जमानतपत्र लिने–नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढंगले पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । 

बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ६५ शाखा, तीन सय ६७ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।