१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

पहेँलपुर खोकना र बुंगमती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:५८:oo

तोरीको तेलका लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । गह्रा–गह्रामा लगाइएको तोरी फुलेर फाँट नै पहेँलपुर बनेपछि यो क्षेत्र झनै सुन्दर देखिएको छ ।

बढ्दो सहरीकरणसँगै तोरी व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएपछि पहिले लहलह तोरी फुल्ने खेतहरू कतै बाँझो छन् त कतै प्लटिङ भइरहेका छन् । तैपनि खोकनाले तोरीको तेलको कारण स्थापित गरेको आफ्नो परिचय भने गुमाइसकेको छैन ।

परम्परागत रूपमै भए पनि किसानहरूले अहिले पनि तोरी खेती गरिरहेका छन् । यहाँको तोरीको तेल किन्न मानिसहरू टाढाटाढाबाट पुग्ने गरेका छन् । तर, उत्पादन भने तुलनात्मक रूपमा घट्दै गएको किसानहरू बताउँछन् । तुलनात्मक रूपमा उत्पादन र खेती घटे पनि खोकनाले अझै पनि आफ्नो पहिचान भने जोगाइराखेको छ ।

 

ad
ad