मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ११ बिहीबार ०८:१७:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

धर्मको निन्दा नसहने बालक

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ११ बिहीबार ०८:१७:००

यो प्रसंग त्यतिखेरको हो, जतिखेर भारतका प्रथम उपराष्ट्रपति तथा द्वितीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णन सानै थिए । आफ्नो जीवनमा भारतीय संस्कृतिका संवाहक, प्रख्यात शिक्षाविद्, महान् दार्शनिक तथा एक हिन्दू विचारकका रूपमा समेत ख्याति कमाएका राधाकृष्णन त्यतिखेर मद्रासको एक इसाई मिसन स्कुलमा अध्ययन गर्थे । 

एकदिन उनको कक्षामा पढाइ चलिरहेको थियो । उनीहरूलाई पढाइरहेका एक अध्यापक बढी निकै संकुचित मनोवृत्तिका थिए । उनको विचार अत्यन्त संकीर्ण थियो । पढाउँदा–पढाउँदै अध्यापकको मनमा अचानक त्यस्तो कुन विचार आयो कुन्नि, उनी कलिला विद्यार्थीबीच विभिन्न धर्मबारे चर्चा गर्न थाले ।

उनले विभिन्न धर्मको कमी–कमजोरी खोतल्दै आफ्नो धर्मलाई विशेष बताइरहेका थिए । साथै, बोल्दै जाँदा उनी हिन्दू धर्मप्रति अलि बढी नै कटाक्ष गर्न थाले । उनले हिन्दू धर्मलाई अन्धविश्वासी, रुढीवादीलगायत अनेक आरोप लगाए । सबै विद्यार्थी चुपचाप उनका कुरा सुनिरहे । बालक राधाकृष्णनले पनि आफ्ना अध्यापकको तर्क ध्यानपूर्वक चुपचाप सुने । केहीबेर आफ्ना कुरा राखिसकेपछि अध्यापक शान्त भए । 

अध्यापक शान्त भएपछि बालक राधाकृष्णन आफ्नो स्थानबाट उठे र अध्यापकसँग विनम्रतापूर्वक भने– सर, के म हजुरलाई एउटा प्रश्न सोध्न सक्छु ? अध्यापकले भने– सोध, के सोध्नु छ ? बालक राधाकृष्णनले प्रश्न गरे– सर, हजुरको धर्मले अरूको धर्मको निन्दा या उपहास गर्नू भनेर सिकाउँछ हो ? बालकको प्रश्न सुनेपछि अध्यापक झसंग भए । बालक राधाकृष्णनको प्रश्न तीतो थियो, तर त्यसमा सत्यता थियो । त्यसैले अध्यापकलाई आफ्नो गल्ती महसुस भयो । उनले आइन्दा कहिल्यै यस्तो कुरा नगर्ने प्रण गरे ।