१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:२९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभाको बैठक दिउँसो २ बजे बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२९:oo

बागमती प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ। प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार बैठक आज दिउँसो २ः१० मा बस्ने भएको हो।

संसदीय समितिको विषयमा दलहरूबीच सहमति हुन नसक्दा गत माघ २३ गते स्थगित भएको बैठक फागुन २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले बैठकमा सम्बोधन गरेसँगै स्थगित भएको थियो।

आजको बैठकमा प्रदेश सरकारले जारी गरेको अध्यादेशहरूको प्रतिस्थापन विधेयकहरू पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिएका छन्।

उनले निजामती कर्मचारीसँगसम्बन्धी दुईवटा अध्यादेशको प्रतिस्थापन विधेयक संसद् बैठकमा पेस हुने सम्भावित कार्यसूची रहने बताए। प्रवक्ता गुप्ताका अनुसार फागुन ५ गते शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संसद् सचिवालयमा निजामती कर्मचारीसँगसम्बन्धी दुईवटा अध्यादेशको प्रतिस्थापन विधेयकहरू दर्ता भएको र ती विधेयकहरूलाई बैठकमा पेस तयारी भएको छ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेस हुने उनको भनाइ छ। यसअघि राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ संशोधनसम्बन्धी अध्यादेश जारी गरेको थियो।

सो अध्यादेशले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि एमालेले विरोध गरेको थियो । उक्त अध्यादेशलाई निष्क्रिय पार्न वर्तमान सरकारले विधेयक ल्याएको हो। 

प्रदेश सभाको आजको बैठकमा अन्य कार्यसूची तयार पार्न बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको पनि प्रवक्ता गुप्ताले जानकारी दिए। उक्त बैठकले प्रदेश सभा बैठकको कार्यसूचीलाई अन्तिम रूप दिने प्रवक्ता गुप्ताले बताए।