१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण ९ मंगलबार १८:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सौराहामा होटेल आइकावा सञ्चालनमा आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार १८:३५:oo

पर्यटन नगरी चितवनको सौराहामा सुविधाजनक होटेल आइकावा सञ्चालनमा आउने भएको छ। चितवन राष्ट्रिय निकुञ्ज नजिकै सौराहा बजारमा उक्त होटेल सञ्चालनमा आउन लागेको हो। रत्ननगर नगरपालिका वडा नम्बर– ६ स्थित सौराहाको निकुन्जचोकमा फागुन १२ गते शुक्रबारदेखि उक्त होटेल सञ्चालनमा आउन लागेको हो।

करिब १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त होटेलमा डिलक्स १८, सुपर डिलक्स ९, स्विट ३ वटा गरी ३० वटा सुविधासम्पन्न कोठा छन्। बारको क्षमता ३० जनाको छ भने चौबीसै घण्टा खुला रहने होटेलभित्रको आइक्याफेमा पाहुनाले नेपाली, इन्डियन, चाइनिज, जापानिजलगायतका परिकारको स्वाद लिन सक्नेछन्।

एकैपटकमा २०० जनासम्म बसेर कार्यक्रम गर्न सक्ने सभा हल सञ्चालनमा आइसकेको छ भने विवाह, व्रतबन्ध, सेमिनार, भोजलगायतका कार्यक्रमको लागि १२०० जना क्षमताको ब्यांकेट हल, इन्फिनिटी स्विमिङ पुल पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको होटेल सञ्चालक घनश्याम अर्यालले बताए। विदेशी पर्यटकसँगै नेपाली पर्यटकलाई पनि लक्षित गरी विभिन्न प्याकेज बिक्रीको लागि तयार पारिएको सञ्चालक अर्यालले जानकारी दिए।

आइकावा जापानी भाषाको शब्द हो। यसको नेपाली नाम दोभान हुन्छ। सञ्चालक अर्यालले हस्पिटालिटीसम्बन्धी अध्ययन जापान र अमेरिकामा गरेका छन्। विदेशमा सिकेको सिपलाई आफ्नै देशमा प्रयोग गर्ने योजनाका साथ सौराहामा होटेल व्यवसाय सुरु गरेको अर्यालले बताए।