१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ९ मंगलबार १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महानगरभित्रका उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ : उपमेयर डंगोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार १५:५९:oo

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छिन्। 

मंगलबार ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको साताैँ वार्षिक साधरणसभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन्। 

उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताइन्। 

उनले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रूपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनका लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन्। 

व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने उनको तर्क थियो। 

व्यवसाय औपचारिक रूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिएको उल्लेख गर्दै उनले दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन्। 

डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने, तर काम गरिरहेको पाँच हजारभन्दा बढी रहेको पाइएको पनि बताइन्। उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन्। 

त्यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अत्यावश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताए।