१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ९ मंगलबार ११:३१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति तथा सम्मान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार ११:३१:oo

एनसेल आजियाटा लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति तथा सम्मान प्रदान गरेको हो ।  

कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्ने गरिएको एनसेलले जनाएको छ । पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको उल्लेख छ । साथै, उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेको जनाइएको छ ।

 पुल्चोक क्याम्पसका क्याम्पस चिफ एसोसिएट प्रा.डा. इन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रूपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज बिजनेस अफिसर अदिल इस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सिएसआर प्रमुख विशाखालक्ष्मी खड्काले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थानसँगको सहकार्यमा ०७१ सालदेखि विद्यार्थीले प्राप्त गरेको नतिजाका आधारमा उनीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै आएको बताए ।

यसले युवा प्रतिभाको विकासमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाका आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्ने जनाइएको छ । कुल १८ जनामध्ये पाँचवटै संकायका छात्राहरूबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक–एकजना गरी तीन छात्राले यो छात्रवृत्ति पाउने उल्लेख छ ।

यसैगरी, उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकेका प्रत्येक संकायका एक–एकजना र यी पाँचै संकायका छात्राहरूमध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्ने जनाइएको छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको एनसेलले जनाएको छ ।