मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ९ मंगलबार ११:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तको अध्यक्षमा राठी र सदस्यमा भारी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ९ मंगलबार ११:२७:००

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिले राठीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।  

लघुवित्तको संस्थापक एनआइसी एसिया बैंक लिमिटेडको सञ्चालक समितिले सन्तोषकुमार राठी र दिनेश भारीलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाएपछि लघुवित्तको सञ्चालक समितिले राठीलाई अध्यक्षमा नियुक्त गरेको उल्लेख छ । 

लघुवित्तको सञ्चालक समिति बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मका लागि उनीहरूलाई नियुक्त गरेको जनाइएको छ । उक्त पदमा यसअघि सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआइसी एसिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएको जनाइएको छ ।

 नवनियुक्त अध्यक्ष राठीले सोमबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरी पद बहाल गरेको जनाइएको छ । त्यस्तै, सञ्चालक भारीले संस्थाका अध्यक्ष राठीसमक्ष शपथग्रहण गरी पद बहाल गरेको उल्लेख छ ।

राठी र भारी हाल एनआइसी एसिया बैंकमा क्रमशः नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत रहेको जनाइएको छ । नवनियुक्त अध्यक्ष राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको बैंकले जनाएको छ । त्यस्तै, नवनियुक्त सञ्चालक भारीको कानुन तथा बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको जनाइएको छ ।