१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण ८ सोमबार २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२६ माघबाट स्थगित बागमती प्रदेश सभा बैठक फागुन १० मा बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार २१:o५:oo

संसदीय समितिको विषयमा दलहरूबीच सहमति हुन नसक्दा गत माघ २६ गतेबाट स्थगित भएको बागती प्रदेश सभाको बैठक यही फागुन १० गते बस्ने भएको छ।

प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा बैठक १० गते बुधबार दिउँसो २:१० बजेका लागि आह्वान गरेको जानकारी दिएको हो।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले उक्त बैठकमा प्रदेश सरकारले जारी गरेको अध्यादेशहरूको प्रतिस्थापन विधेयकहरू पेस हुने सम्भावित कार्यसूची रहने जानकारी दिए। 

प्रवक्ता गुप्ताका अनुसार गत शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संसद् सचिवालयमा निजामती कर्मचारीसँगसम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता भएको र ती विधेयकहरूलाई बैठकमा पेस तयारी छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकको निर्णयपछि संसदमा दर्ता भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जोगाउन बनेको विधेयक पनि संसदमा पेस गरिने प्रवक्ता गुप्ताले जानकारी दिए।

प्रदेश सभाको बैठकमा अन्य कार्यसूची तयार पार्न सोही दिन बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरिएको छ। सो बैठकले प्रदेश सभा बैठकको कार्यसूचीलाई अन्तिम रूप दिने प्रवक्ता गुप्ताले बताए।