१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ८ सोमबार १८:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

थाई एयरवेजको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार १८:४८:oo

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयरवेजले गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ रद्ध गरेको छ। थाई एयरवेजको सेल्फ ग्राउन्ड ह्यान्डलिङ म्याद थप नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए।

सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आजको मितिदेखि थाई एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम बन्द भएको बताए। थाई एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एन्ड ओभरहल सेवा पनि बन्द गर्ने प्राधिकरणले निर्णय गरेको छ। अब सम्पूर्ण सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्नेछ।