१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सहमतिमै राष्ट्रपति, अन्तिम निर्णय प्रचण्डको : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्ने बताएका छन्। सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलपछि पत्रकारहरूसँग यस्तो बताएका हुन्।

‘राष्ट्रिय सहमतिको उम्मेदवार आउनुपर्छ, यसमा सबै पक्षसँग कुराकानी गरेर मिलाउने काममा प्रमुख पहल प्रधानमन्त्रीले गर्नुपर्छ,’ नेपालले भने। राष्ट्रपतिमा धेरैको नाम चर्चामा भएको भन्दै उनले छलफलपछि मात्र टुंगो लाग्ने बताए। राष्ट्रपतिमा माधव नेपालको नाम चर्चामा रहेको भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘चर्चामा हुनु एउटा कुरा हो, अन्तिम टुंगोमा पुग्ने उहाँ (प्रचण्ड)को कुरा हो।’

प्रधानमन्त्रीसँगको भेटमा सम्बन्ध थप सुधार गर्ने विषयमा छलफल भएको भन्दै अध्यक्ष नेपालले थपे, ‘हामीबीचको सम्बन्ध बलियो होस्, असमझदारी केही कुरामा नहोस्, लामो यात्रामा जाऔँ भन्ने कुरामा छलफल भयो।’