१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेवाग्राहीलाई सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण माग

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १७:o३:oo

सूचना लुकाउने सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवलाई लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ।

एक पत्रकारले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको माघ २३ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको हो।

राजविराजका पत्रकार विद्यानन्द रामले गाउँपालिकाबाट आर्थिक वर्ष ०७८ जेठदेखि हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण, आर्थिक वर्ष ०७८/७९ मा खरिद गरिएको औषधिको परिमाण, प्रक्रिया र रकमसहितको विवरण, सोही आर्थिक वर्षमा गाउँपालिकाबाट भएको सडक मर्मत, माटो ग्राभेल र सडक ढलानमा खर्च भएको योजनाअनुसारको विवरण र प्रगति माग गरी सूचना दर्ता गराएका थिए।

त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा छुट्याइएका योजनाहरूको विवरण तथा यसअघिका जनप्रतिनिधिको समयमा भुक्तानी बाँकी रही पछि भुक्तानी दिइएका योजना र आर्थिक तथा भौतिक प्रगतिसहितको विवरण पनि रामले माग गरेका थिए।

गत मंसिर २७ गते गाउँपालिकाका सूचना अधिकारी अरुणकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै रामले गत पुस २८ गते प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवसँग सूचना मागेका थिए। तर, प्रमुख प्रशासकीय अधिकृत यादवले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार रामले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए।

आयोगमा माघ १७ गते पुनरावेदन दर्ता भएको थियो। ६३९/०७९/८० नम्बरको मुद्दामा निर्णय गर्दै आयोगले प्रमुख प्रशासकीय अधिकृत यादवलाई दफा १० (२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।