१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ६ शनिबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण ६ शनिबार १५:५९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

यस वर्षको लोकसंस्कृति पुरस्कार जुम्लाका गोविन्द पाण्डेलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ६ शनिबार १५:५९:oo

कैलाली जनपुस्तकालय धनगढीले ०७९ सालको हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार लेखक तथा लोकसाहित्य अनुसन्धाता गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ।

जुम्लाको तातोपानी गाउँपालिका गिडीखोलामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगन्जमा बसोवास गर्दै आएका पाण्डेलाई फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा पुरस्कार प्रदान गरिने बताइएको छ। उनी विगत दुई दशकदेखि कर्णाली क्षेत्रको लोकसाहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशनमा सक्रिय छन्।

उनले वि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोटदेखि दार्चुलासम्मका जिल्लाहरूमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न व्यक्ति तथा संस्थाको गहन अध्ययन अनुसन्धान गरेर ‘देउडाः विगतदेखि वर्तमानसम्म’ नामक पुस्तकसमेत प्रकाशन गरेका छन्।

पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखन वृत्तिमा कर्णालीको लोकसाहित्यको अध्ययनसमेत गरेका छन्। उक्त कृति हाल प्रकासोन्मुख अवस्थामा रहेको छ। हाल जिल्ला हुलाक कार्यालय बाँकेको कार्यालय प्रमुख पदमा कार्यरत पाण्डे कर्मचारी मिलन केन्द बाँकेको उपाध्यक्षसमेत छन्।