Skip This
वीर अस्पतालको नयाँ भवनमा बर्न वार्ड सञ्चालन गरिने    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ६ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ६ शनिबार ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीर अस्पतालको नयाँ भवनमा बर्न वार्ड सञ्चालन गरिने    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ६ शनिबार ११:o२:oo

वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा 'बर्न वार्ड' सञ्चालनमा ल्याउने जानकारी दिए ।

२०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । 'तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ', पौडेलले भने, 'अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।'

अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा. पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा. भूपेन्द्र बस्नेतले पाएका  थिए ।