१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ६ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ६ शनिबार o९:४३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भ्रमणमा जाने कर्मचारीलाई सुविधैसुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ६ शनिबार o९:४३:oo

भ्रमण बिदामा बस्ने काठमाडौं महानगरपालिकाका कर्मचारीले सुविधा पाउने भएका छन् । कार्यविधि नै बनाएर महानगरले कर्मचारीका लागि त्यस्तो सुविधा दिएको हो ।

महानगरले बनाएको पुनर्ताजगी बिदासम्बन्धी कार्यविधि, २०७९ को दफा ६ को उपदफा १ बमोजिम पुनर्ताजगी बिदामा बस्ने कर्मचारीले खाइपाई आएको तलबको १५ दिनबराबराको तलब पाउनेछन् । उपदफा २ बमोजिम बिदामा बस्ने कर्मचारीले बिदाबापत पाउने सुविधा अग्रिम रूपमा माग गरेमा अधिकारप्राप्त अधिकारीबाट स्वीकृत गरी पेस्कीको रूपमा समेत उपलब्ध गराउने भएको छ ।

यस्तै, कुनै कर्मचारीले पुनर्ताजगी बिदा सुविधा दुईपटक गरी लिएमा उसले पाउने सुविधालाई समानुपातिक रूपमा हिसाब गरी उपलब्ध गराउनुपर्नेछ । कार्यविधिमा उल्लेख भएअनुसार पुनर्ताजगी बिदा माग गर्ने कुनै कर्मचारीलाई उसको जिम्मेवारीको कारण कार्यालयले बिदा दिन नसकिने भएमा प्रमुख प्रशासकीय अधिकृतले बिदा अस्वीकृत गरेमा सोबापत पाउने १५ दिनबराबरको तलब सुविधासमेत उपलब्ध हुनेछ ।