१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउँछौँ : मन्त्री मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२६:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउने बताएका छन्।मोरङको तेतरियास्थित ग्रामथान गाउँपालिकाको १२औँ गाउँसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।

कतिपय कर्मचारी वर्षौँसम्म एकै कार्यालयमा रहने र सरुवा पनि सुगम ठाउँमा मात्रै माग्ने विकृति देखिएको भन्दै मन्त्री मोदीले भने, ‘कर्मचारीभित्र सरुवा गरेको ठाउँमा पनि नजाने, कतिपय ठाउँमा सधैँभरि बसिरहने र सुगम ठाउँमा मात्रै सरुवा मागेर जाने प्रचलन रहेछ, कर्मचारी सरुवाको हामी निश्चित मापदण्ड बनाउन छलफल गर्दै छौँ।’

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई केन्द्रले खटाउने कि प्रदेशले खटाउन दिने भन्ने विषयमा पनि छलफल भइरहेको मन्त्री मोदीको भनाइ थियो। संघीय निजामती ऐनमार्फत सबै विषयलाई व्यवस्थित बनाउने उनले बताए। संघीय निजामती ऐन संसदमा टेबुल गर्ने मन्त्री मोदीको अन्तिम तयारी छ।

अर्को फरक प्रसंगमा मन्त्री मोदीले आफूले पार्टीगत आस्थाको आधारमा कसैलाई विभेद नगर्ने बताए । उनले भने, ‘म पार्टीगत आस्थाको आधारमा विभेद गर्ने मान्छे होइन, कसैलाई पनि पार्टीगत आस्थाको आधारमा विभेद गर्ने काम मबाट हुँदैन, यहाँको विकासका लागि सबै दलसँग मेरो सहकार्य हुन्छ।’

मोरङ ४(१) का प्रदेश सभा सदस्य जयप्रकाश चौधरीले स्थानीय तहले उत्पादनको क्षेत्रमा ध्यान दिनुपर्ने बताए। लक्ष्यअनुसार योजना बनाएर अगाडि बढ्न प्रदेश सांसद चौधरीको आग्रह थियो।