मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार ११:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारमा व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ : पूर्वप्रधानन्यायाधीश कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार ११:१०:००

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षा र स्वास्थ्यसहित सबै कुरामा व्यापार गरिरहेको आरोप लगाएकी छिन् ।

शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीले छोराछोरीलाई अध्ययन गराउन नसकेको उल्लेख गरिन् ।

सरकारले दिइरहेको ‘स्कलरसिप’ र सहुलियत पनि कसले पाउँछ भन्ने थाहा नहुने गरी काम भइरहेको भन्दै उनले आपत्ति जनाइन् । आर्यघाटमा पुर्‍याइएको शवमाथि समेत व्यापार हुने र जलाउन चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको भन्दै उनले असन्तुष्टि प्रकट गरिन् ।

‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ । कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ । डाक्टर बनाउने, इन्जिनियर बनाउने इच्छा राखेका छन् । बुबाआमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ, तर हैसियत छैन,’ पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन् ।