१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारत जान भण्डारीले गरे अस्वीकार, नेपालमै उपचार गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५८:oo

जलेर गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले उपचारका लागि भारत जान अस्वीकार गरेका छन् । 

उनको उपचार गरिरहेको कीर्तिपुर अस्पतालले थप उपचारका लागि भारत लैजानुपर्ने बताएपछि सरकारले त्यसको प्रबन्ध गरिरहेको छ । 

उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भण्डारीले आफूलाई नेपालमै उपचार गर्न आग्रह गरेका थिए ।

‘उहाँसँग सांकेतिक रूपमा सामान्य कुराकानी भयो । उहाँले उपचारका लागि भारत नजाने भन्दै यहीँ उपचार गराउन आग्रह गर्नुभयो । तर, उपचारमा संलग्न चिकित्सकहरूले भारत लैजान सुझाव दिएकाले त्यसैअनुसार तयारी हुँदै छ,’ भण्डारीलाई भेटेर फर्किएका मन्त्री गिरीले सञ्चारकर्मीहरूसँग भने । 

कीर्तिपुर अस्पतालले आज बिहान विज्ञप्ति जारी गरी सांसद भण्डारीको श्वासनलीमा तातो हावा र धुँवाको कारण जलन भएको हुन सक्ने अत्यधिक सम्भावना रहेकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा छिटो लगेर उपचार गराउन आवश्यक रहेको जनाएको थियो । 

अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएको बताएका थिए । 

ad
ad