
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) तथा राष्ट्रिय वाणिज्य बैंकबीच एससिटी युपिआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतामा एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने एससिटीले विश्वास व्यक्त गरेको छ ।
सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एससिटी युपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । साथै, एससिटी युपिआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटिएम, पोस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्ने कम्पनीको दाबी छ ।