
- सहरी क्षेत्रमा धेरै प्रदूषण छ । जसले आँखामा मासु पलाउने, आँखा सुक्खा हुनेलगायत समस्या निम्त्याउन सक्छ । बाहिर हिँडिरहने व्यक्तिले यी समस्याबाट जोगिन सनग्लास र गगल्स युज गर्नु राम्रो हुन्छ ।
- बिहान–बेलुकी आँखा नियमित धुने गर्नुपर्छ । तर, आँखालाई धेरै प्रेसर दिने गरी धुनुहुँदैन ।
- बजारमा पाइने रंगीन र सस्ता गगल्स आँखाका लागि हानिकारकसमेत हुन्छन् । हामीमध्ये धेरैले जाँच नगरीकनै गगल्स किनिरहेका हुन्छौँ । जसले मोतीबिन्दु, आँखामा मासु पलाउने आदि समस्या निम्त्याउन सक्छ । तसर्थ, गगल्स छनोट गर्दा अल्ट्राभायलेट रे प्रोटेक्टर जाँच गरेर मात्र किन्नुपर्छ ।
- अनुहारको आकारअनुसार फरक–फरक डिजाइनमा गगल्स छान्न सकिन्छ । तपाईंको अनुहार गोलो र लाम्चो कस्तो छ, सोही आधारमा विभिन्न आकारका गगल्स छान्न सक्नुहुन्छ ।
- सामान्यतया गगल्स प्लास्टिक र मेटल (धातु)मा पाइन्छन् । गोलो आकारमा भएका मेटलका गगल्स बढी प्रचलनमा छन् । केटा र केटी दुवैले लगाउन सकिने चस्मा बढी चलेका छन् ।