मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण २ मंगलबार ०७:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २ मंगलबार ०७:३२:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटामा मेडिकल कलेजका लागि निर्मित संरचनाको निरीक्षण गरेका छन् । मन्त्रिपरिषद् बैठकले आइतबार गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्री भौतिक संरचनाको निरीक्षणमा आएका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको काम तीव्र रूपमा अगाडि बढाइने बताए ।

‘मेडिकल कलेजको काम त अगाडि बढी नै सक्यो । स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको काम पनि अगाडि बढ्छ,’ उनले भने, ‘हिजो मात्र सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय गरेको छ । यो सञ्चालन हुनु देशकै लागि गौरवको विषय हो ।’ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक दरबन्दीको विषयमा छिट्टै निर्णय हुने पनि उनले बताए ।