१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

न्युजिल्यान्डमा आँधीका कारण विद्युत्, उडान र यातायात अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटीबन्धीय आँधीका कारण सोमबार हजारौँ घर विद्युतविहीन हुनुका साथै उडानहरू अवरुद्ध भएका छन्।

आपतकालीन व्यवस्थापनमन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक क्षति व्यहोर्नुपरेको बताए।  

आँधीको अवस्था सुरुमा भन्दा कमजोर भए पनि यसले सहर तथा ग्रामीण क्षेत्रमा व्यापक रूखहरू ढालेको छ, सडकहरूमा क्षति पुर्‍याएको छ र विद्युत् लाइन अवरुद्ध भएका छन्। 

अकल्यान्डसहित उत्तरी पाँच क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

न्युजिल्यान्डको नर्थ आइल्यान्डमा करिब ५८ हजार मानिस विद्युतविहीन भएका छन्। अधिकारीहरूले यो सञ्जाल पुनर्स्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन्।

म्याकएनल्टीले भने, ‘जबसम्म मौसम खराब रहन्छ, तबसम्म नेटवर्कमा काम गर्न वास्तवमा असुरक्षित छ।’

न्युजिल्यान्डको सबैभन्दा ठूलो सहरमा गत महिना आएको बाढीका कारण चारजनाको मृत्यु हुनुका साथै हजारौँ मानिस विस्थापित बनेका थिए। उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ। 

नर्थल्यान्ड क्षेत्रमा एक सय ४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पुर्‍याएको थियो भने अकल्यान्ड हार्बर ब्रिजमा एक सय १० किलोमिटर प्रतिघन्टाको वेगले आँधीले प्रवेश गरेको थियो। 

म्याकएनल्टीले भने, ‘सरकारले देशको इतिहासमा तेस्रोपटक राष्ट्रिय आपतकालीन अवस्था घोषणा गर्ने बताइरहेको छ। मेरो विचारमा आपतकालीन अवस्थाको घोषणा गरिहाल्नुपर्दैन । किनकि आँधीको रफ्तार कमजोर भइसकेको छ।’ 

मौसमले न्युजिल्यान्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ, उडान, रेल र बस तालिकाहरू सबै नराम्ररी प्रभावित भएका छन्। एयर न्युजिल्यान्डले हालसम्म पाँच सय नाै उडान रद्द गरेको, तर मंगलबारदेखि सामान्य उडान सुरु हुने अपेक्षा गरिएको छ।

उक्त विमान सेवाले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राहीहरू प्रभावित भएको र ६ हजार पाँच सयलाई पुनः टिकट बुक गर्नुपरेको बताएको छ। रासस