१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १ सोमबार १२:०८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भ्यालेन्टाइन अफर : आइएमई पेबाट चन्द्रागिरि केबलकारको टिकट काट्दा अन्य राइड्समा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १ सोमबार १२:०८:००

आइएमई पे वालेट एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्दा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट पाइने भएको छ । प्रणय दिवसको अवसरमा चन्द्रागिरि हिल्सले ‘फिल द एयर’ नामक अफरअन्तर्गत यो छुट दिन लागेको हो ।

सीमित समयका लागि मात्र लागू भएको यस अफरमार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हरेक दिन एक भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निःशुल्क इभिनिङ (साँझ मात्र लागू हुने) टिकट जित्ने मौकासमेत पाउनेछन् । सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुने बताइएको छ ।

साथै, यी दुई कम्पनीबीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । माघ २८ (फेब्रुअरी ११) देखि फागुन १ (फेब्रुअरी १३) सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने पाँच भाग्यशाली विजेताहरूले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन् ।

सो अफरको विजेताहरूको घोषणा एवं सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सञ्जालमार्फत गरिने बताइएको छ ।