१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिजेल चोरी छानबिन गर्न निगम टोली विराटनगरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२o:oo

२७ लाख मूल्यबराबरको डिजेल चोरी घटनाबारे छानबिन गर्न आयल निगमको टोली विराटनगरस्थित प्रादेशिक कार्यालय पुगेको छ । टोलीमा निगमका निर्देशक दीपक बराल, प्रवक्ता विनीतमणि उपाध्याय र प्रबन्धक सुदन ढुंगाना छन् ।

गत १४ माघमा सप्तरीको रुपनीमा प्रहरीले को.१ख ३६५५ नम्बरको ट्यांकर बेवारिसे अवस्थामा फेला पारेको थियो । प्रहरीले सो ट्यांकर परीक्षण गर्दा चेम्बर नम्बर १,२,३, र ४ बाट कुल १६ हजार लिटर डिजेल चोरी गरेको अवस्थामा फेला पारेको थियो भने ५ नम्बर चेम्बरमा मात्रै चार हजार लिटर डिजेल थियो ।

प्रहरी अनुसन्धानबाट ठूलो परिमाणको इन्धन चोरीको घटना बाहिरिएपछि निगमले आन्तरिक छानबिनका लागि टोली गठन गरेको थियो । टोलीले विराटनगरस्थित कर्मचारी र सप्तरीका प्रहरीसँग समेत आवश्यक समन्वय गरी अध्ययन गर्ने जनाएको छ । छानबिन गर्नुअघि चोरी घटना पुष्टि भइसकेकाले निगमले ट्यांकरका चालक नवराज भुजेल र सहचालक अनिल चौधरीलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

त्यस्तै, चोरीको डिजेल खरिद गर्ने दुई पम्प भण्डार आयल स्टोर्स र दिलीप टे«डर्सलाई १–१ लाख रुपैयाँ जरिवाना र कारोबार ६ महिनासम्म रोक्का राखेको छ भने ट्यांकरधनी गुणराज निरौलाबाट चोरी भएको तेलको बजारमूल्यभन्दा दोब्बर हुन आउने रकमबराबर जरिवानाबापत भराउने निर्णय गरेको छ ।

यता, इलाका प्रहरी कार्यालय, कञ्चनपुरले पनि चोरी मुद्दामा चालक, सहचालक र पम्प व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरी नियन्त्रणमा चालक नवराज भुजेल र पम्प व्यवसायी श्यामकुमार शाह मात्र छन् । सहचालक अनिल चौचरी र अर्का पम्प व्यवसायी शेखर गुप्ता फरार छन् । 

ad
ad