
जापानको थोक मूल्य गत जनवरीमा अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले बढेको छ । उच्च ऊर्जा र कच्चा पदार्थमा भएको वृद्धिले यसको मूल्यमा प्रत्यक्ष असर गरेको हो ।
विभिन्न कम्पनीहरूबीच कारोबार हुने सामानको मूल्य लगातार २३औँ महिनामा बढेको यहाँको केन्द्रीय बैंक बिओजेले बताएको छ । योसँगै डिसेम्बरमा वृद्धिदर १०.५ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।
उक्त अवधिमा आयात मूल्य एक वर्षअघिको तुलनामा १७.८ प्रतिशतले बढेको छ । जापानी मुद्रा येनको कमजोरीले अमेरिकी डलरको तुलनामा कम भए पनि लागत बढाउन प्रयास जारी राखिएको केन्द्रीय बैंकले जनाएको छ। निर्यात मूल्य येनको सर्तमा, रेकर्डिङ अवधिमा ९ प्रतिशतले बढेको छ ।
कर्पोरेट वस्तुहरूको मूल्य सूचकांकमा भएको वृद्धि विशेषगरी विद्युत्, सहरी ग्यास र पानीलगायतका वस्तुहरूको मूल्यमा ४९.७ प्रतिशतले वृद्धि भएको बिओजेको तथ्यांकले देखाएको छ । फलाम र इस्पातको मूल्य १९.२ प्रतिशतले बढेको छ भने खाद्यान्न र पेय पदार्थको मूल्य भने यस अवधिमा ८ प्रतिशतले बढेको बिओजेले जनाएको छ ।