१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:३o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभामा आज प्रदेश प्रमुखले सम्बोधन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

बागमती प्रदेश सभाको सातौँ बैठक आज दिउँसो १ बजेपछि बस्दै छ। बैठकलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची छ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बिहीबार प्रदेश सभामा दुईवटा बैठक सञ्चालन हुनेछन्। पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको विशेष सम्बोधन र दोस्रो बैठकमा धन्यवाद प्रस्तावसम्बन्धी छ।

सचिव खड्काले आजको बैठकमा अन्य कुनै पनि कार्यसूची नरहेको जानकारी दिए। उनका अनुसार गत माघ २२ गते बसेको सर्वदलीय बैठकले तय गरेको कार्यसूचीअनुसार नै आजको बैठक बस्न लागेको हो।

यसअघि २२ र २३ गते बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा संसदीय समितिहरू गठनको कार्यसूची रहेको थियो, तर दलहरूबीच सहमति जुट्न नसक्दा २३ गतेको बैठक पटक–पटक गरिएको प्रयास असफल भएपछि नबसेरै टुंगिएको थियो। 

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच संसदीय समितिको सभापति चयनको विषयमा विवाद बनेको थियो। संसदीय समितिको नेतृत्व आ–आफैँले गर्न पाउनुपर्ने दलहरूको अडानका कारण सहमति जुट्न सकेको छैन।

विशेषगरी सत्ता पक्षबाहिर रहेका दलहरूले सत्तापक्षीय दलहरूले सरकार चलाउने र सत्ताबाहिरका दलहरूले संसदीय समितिमा नेतृत्व गर्न पाउनुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो।