१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ २६ बिहीबार ११:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकको मेरी उनीलाई मुद्दती खाता

Read Time : < 1 मिनेट
२०७९ माघ २६ बिहीबार ११:१४:००

ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ । दुई लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने मुद्दती खाता ६ महिनादेखि दुई वर्ष अवधिसम्मको रहेको छ ।

बचत गर्ने बानीलाई प्रोत्साहन गर्न योजनामा ५० हजारभन्दा माथिको रकम ​​आवश्यकताअनुसार म्याद पुग्न तीन महिनाअगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था रहेको छ । खातासँगै बैंकले निक्षेपकर्ताको पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा, दुई लाख रुपैयाँसम्मको गम्भीर रोग बिमा र एक लाख रुपैयाँसम्मको औषधि उपचार बिमा उपलब्ध गराइदिनेछ । 

यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) उपलब्ध गराइनेछ । साथै बैंकले साबिक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउनेछ । यसै योजनाअन्तर्गत निश्चित अवधिको मुद्दती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुटसमेत पाउनेछन् ।