१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ माघ २५ बुधबार ०७:३७:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ २५ बुधबार ०७:३७:००

मानिसहरू आकासे पुलमुनिबाटै असुरक्षित रूपमा सडक पार गरिरहेका देखिन्छन्, यो कसको कमजोरी हो ?
राज्यले सडक पार गर्न पैदल यात्रुलाई सहज होस् भनेर आकासे पुल, जेब्रा क्रसिङ आदिको व्यवस्था गरेको छ । तर, पैदल यात्रीले त्यसको उचित प्रयोग नगरिदिँदा समस्या आएको देखिन्छ । केही समयअघि ललितपुरमा आकासे पुलमुनिबाट बाटो काट्दै गर्दा दुर्घटना भई एक पैदल यात्रुको ज्यानै गयो । तोकिएको स्थानबाट मात्र सडक पार गर्नु पैदल यात्रीको दायित्व हो । 
नजिकै देखिने ट्राफिक प्रहरीले पनि यसबारे खासै चासो दिएको देखिन्न नि ?
ट्राफिक प्रहरीले अनुरोधसम्म गर्ने हो । सडकका सबै स्थानमा ट्राफिक प्रहरी खटाउन सम्भव पनि हुँदैन । चोकचोकमा सवारी साधन व्यवस्थापन गर्नमै उनीहरूले ध्यान केन्द्रित गर्नुपरिरहेको हुन्छ । त्यसैले, ट्राफिक प्रहरीले आकासे पुलमुनिबाट सडक पार गर्नेहरूतिर त्यति ध्यान दिन नसकेको पनि हुन सक्छ ।  

यस्तो समस्याको समाधान कसरी  गर्न सकिएला त ?
जनचेतना हुँदै नभएर यस्तो समस्या आएको होइन । यसबारे सबैलाई धेरथोर जानकारी पक्कै छ । तर, नियम नमान्ने प्रवृत्तिका कारण यस्तो समस्या आएको हो । हामीले स्कुल, कलेजमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । केही समयअघि मात्र हामीले काठमाडौं महानगरभित्रका ८९ सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गर्‍यौँ ।कलेजहरूमा पनि गर्दै आएका छौँ । प्राथमिक तहदेखि नै ट्राफिक सचेतनासम्बन्धी पाठ्यक्रम नै लागू गर्न सके अझै राम्रो हुने थियो ।